राप्रपाद्वारा नागरिकतासम्बन्धी अध्यादेशको विरोध


लेखक : लेखापढी      १० जेष्ठ २०७८, सोमबार १४:३८ मा प्रकाशित     
राप्रपाद्वारा नागरिकतासम्बन्धी अध्यादेशको विरोध

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नागरिकतासम्बन्धी अध्यादेशको विरोध गरेको छ । सो पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक अस्थिरताबीच सरकारले अध्यादेश जारी गरेको भन्दै त्यसको भत्सर्ना गरेका छन् ।

‘नागरिकता विधेयक संसदमा विचाराधीन छ। तर,सत्ता स्वार्थको निम्ति नागरिकता जस्तो संवेदनशील विषयमा पर्याप्त छलफल र सहमति नै कायम नगरी कोरोना महामारी र राजनीतिक अस्थिरता बीच सरकारले जुन अध्यादेश जारी गरेको त्यसको भत्सर्ना गर्दछ’, थापाले ट्वीटरमार्फत भनेका छन् ।

अध्यादेश राष्ट्रहित विपरित र आपत्तिजनक रहेको भन्दै उनले  फिर्ता  लिन माग गरेका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मधेसी दल जसपाको माग बमोजिम अध्यादेश जारी गरेकी थिइन् ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!