रास्ट्रहित बिपरितको नागरिकता अध्यादेश खारेज गर्न नेत्रविक्रम चन्द ‘विप्लव’को कडा चेतावनी


लेखक : लेखापढी      १० जेष्ठ २०७८, सोमबार १७:०० मा प्रकाशित     
रास्ट्रहित बिपरितको नागरिकता अध्यादेश खारेज गर्न नेत्रविक्रम चन्द ‘विप्लव’को कडा चेतावनी

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकोप्रति आपत्ति जनाएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै पार्टी महासचिव विप्लवले ओली सरकारले आफ्नो सत्तासङ्कट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका लागि नागरिकता अध्यादेश ल्याएको आरोप लगाएको छ । 

“नागरिकताजस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरूको व्यापक परामर्श लिन आवश्यक हुन्छ । त्यसो गर्नुको सट्टा सरकारले आफ्नो सत्तासङ्कट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका लागि मात्र यस्ता निर्णय लिन्छ भने त्यसको मूल्य सिङ्गो देशले चुकाउनुपर्ने हुन्छ । अतः हाम्रो पार्टी त्यस्ता राष्ट्रहितविपरीत कार्य नहोऊन्, त्यस्ता निर्णय खारेज गरिऊन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिन चाहन्छ,” विज्ञप्तिमा भनिएको छ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!