सुदूरपश्चिम सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिने निर्णय


सुदूरपश्चिम सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिने निर्णय

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ ।

आज बालुवाटारमा बसेको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एक नेताले जानकारी दिए ।