संस्थाका मुखपत्र भएका अनलाइन प्रेस काउन्सिलमा दर्ता नहुने


लेखक : लेखापढी      १० जेष्ठ २०७८, सोमबार २३:१८ मा प्रकाशित     
संस्थाका मुखपत्र भएका अनलाइन प्रेस काउन्सिलमा दर्ता नहुने

काठमाडौं । जेठ १०
प्रेस काउन्सिल, नेपालले कुनै पनि संस्थाका मुखपत्रका रुपमा सञ्चालित अनलाइनलाई दर्ता र सूचीकरण नगर्ने भएको छ । काउन्सिलले सूचना तथा प्रसारण विभाग र अन्य निकायलाई दर्ता नगर्न आग्रह गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको काउन्सिलको भर्चुअल बैठक यस्तो निर्णय गरेको हो । काउन्सिलले संस्थाको प्रकृति भने खुलाएको छैन ।

काउन्सिलका अध्यक्ष गोपाल बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ का कारण उत्पन्न समस्या समाधानका लागि काउन्सिलको सम्पुर्ण टिम एकताबद्ध भएर लाग्ने निर्णय भएको कावा अध्यक्ष बुढाथोकीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!