कैलाली । जेठ १०
कैलालीका पाँच राजनीतिक दलले प्रतिनिधि सभा विघटनको विरोध गरेका छन् ।
कैलालीमा रहेका पाँच राजनीतिक दलले आज एक विज्ञप्ति जारी गर्दै वर्तमान प्रधानमन्त्रीको सत्ता लम्ब्याउन प्रतिनिधि सभा विघटन गरिएको बताएका छन् ।
उनीहरूले कोरोना महामारीका बेला सम्पुर्ण देशलाई एकजुट राख्नुपर्नेमा लोकतन्त्रको मेरुदण्ड प्रतिनिधि सभाको विघटन गरिएको कार्यप्रति आपत्ति जनाएका छन् ।