हानिकारक सेनिटाइजर उत्पादन गर्ने उधोगमा छापा मारी समान जफत


लेखक : लेखापढी      ९ जेष्ठ २०७८, आईतवार २१:१४ मा प्रकाशित     
हानिकारक सेनिटाइजर उत्पादन गर्ने उधोगमा छापा मारी समान जफत

काठमाडौं । काठमाडौंमा रहेको एक सेनिटाइजर उद्योगमा प्रहरीले छापा मारेको छ । लामा समीप इन्टरप्राइजेज प्रालिले उत्पादन गरेको सेनिटाईजरमा हानिकारक मिश्रण रहेको कारण छापा मारेर सबै सामान जफत गरिएको छ। काठमाडौँ महानगरपालिका–१६ स्थित सोह्रखुट्टेमा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेर स्वास्थ्यका लागी हानिकारक भनिएको सेनिटाइजर जफत गरेको हो। 

प्रहरीले सो उद्योगका सञ्चालक सुमनबहादुर तामाङलाई पक्राउ गरेको छ । ‘उत्पादन मुलक र सेवामुलक वस्तु उत्पादन’ गर्ने अनुमति लिएर सेनिटाइजर उत्पादन गरेको सञ्चालकको भनाइ छ । तर, स्वास्थ्य सम्वन्धी सामग्री उत्पादन गर्न स्वास्थ्य सेवा विभागबाट अनुमति लिनुपर्छ ।
त्यहाँबाट उत्पादित सेनिटाइजर हानिकारक मिथानेलको मिश्रण रहेको प्रहरीले बताएको छ । 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!