पछिल्लाे २४ घण्टामा ७,५९८ काेराेनाबाट संक्रमित, ७,६६४ कोरोनामुक्त, १९३ को मृत्यु


लेखक : लेखापढी      ९ जेष्ठ २०७८, आईतवार १८:०० मा प्रकाशित     
पछिल्लाे २४ घण्टामा ७,५९८  काेराेनाबाट संक्रमित, ७,६६४ कोरोनामुक्त, १९३ को मृत्यु

पछिल्लो २४ घण्टामा  नेपालमा कोरोनाभाइरसका सात हजार ५९८ सङ्क्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा १८ हजार ९६५ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा सात हजार ६६४ जना कोरोनामुक्त भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रमणबाट १९३ जनाको मृत्यु भएको छ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!