नागरिकता विधेयक सत्ता स्वार्थका लागि ल्याइयो ः कमल थापा


लेखक : लेखापढी      ९ जेष्ठ २०७८, आईतवार १९:२४ मा प्रकाशित     
नागरिकता विधेयक सत्ता स्वार्थका लागि ल्याइयो ः कमल थापा

काठमाडौं । वैशाख ९
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसदमा विचाराधिन अध्यादेशलाई सत्ता स्वार्थका लागि ल्याइएको भन्दै त्यसलाई फिर्ता लिन माग गरेका छन् ।

नागरिकता विधेयक संसदमा विचाराधिन रहेको अवस्थामा कोरोना महामारी एवम् राजनीतिक अस्थिरताका बिच अध्यादेश मार्फत ल्याउनु भत्सर्नायोग्य भएको बताएका छ । उनले प्रधानमन्त्री र राष्ट्रपतिको यो कार्य राष्ट्रहित विपरित र आपत्तिजनक भएकोले यसलाई तत्काल फिर्ता लिन समेत माग गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आजै नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

सरकार र जनता समाजवादी पार्टीबीच भएको सहमतिमा अध्यादेशमार्फत नागरिकता सम्बन्धी ऐन संशोधन गर्ने सहमति बनेको थियो । त्यसै अनुसार सरकारले नागरिकता सम्बन्धी अध्यादेश ल्याउन सिफारिस गरेको थियो । जसपा र सरकारबीच संविधान संशोधन गर्ने सहमति समेत भएको छ । त्यसका लागि पाँच सदस्यीय संविधान संशोधन अध्ययन कार्य बनाइएको छ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!