लघुकथा प्रतिष्ठान, पोखराको आयोजनामा लघुकथा गोष्ठी


लेखक : लेखापढी      ९ जेष्ठ २०७८, आईतवार १३:४० मा प्रकाशित     
लघुकथा प्रतिष्ठान, पोखराको आयोजनामा लघुकथा गोष्ठी

पोखरा । जेठ ९
लघुकथा प्रतिष्ठान, पोखराले हिजो शनिवार आफ्नो ३५ औं श्रृङ्खलामा अनलाइन लघुकथा गोष्ठीको आयोजना गर्यो । संस्थाका अध्यक्ष अल्पविराम पोखरेलीको अध्यक्षतामा सम्पन्न सो गोष्ठीको सञ्चालन सचिव कल्याण पन्तले गर्नुभएको थियो ।

गोष्ठीमा ३५ स्रष्टाको सहभागिता थियो । समारोहमा विष्णु बास्तोला, सरिता तुलाधर, अनु विज्ञाति, सत्या अधिकारी, टुकादेवी आचार्य, रचना शर्मा, जनार्र्दन सुवेदी, मन्दिरा मधुश्री, लक्ष्मी थापा, गंगा आचार्य सापकोटा, गीता तिवारी, जयराम सापकोटा, खेमलाल पहारी, जर्नादन दाहाल, गोपाल बराल, लक्ष्मी देवकोटा, कल्याण पन्त, दिलनाथ पण्डित एवम् अल्पविराम पोखरेलीले रचना वाचन गर्नुभएको थियो ।

गोष्ठीमा वाचित रचनामाथि डा.पुष्करराज भट्टले समीक्षा गर्नुभएको थियो । उहाँले रचनामाथि समीक्षाका साथै नेपाली लघुकथा लेखनका समस्या र समाधानमाथि पनि आफ्ना दृष्टिकोण व्यक्त गर्नुभएको थियो ।

लघुकथा गोष्ठीका प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदनले नेपाली लघुकथाको विकासक्रममाथि प्रकाश पार्दै पछिल्ला दुई दशकमा नेपाली लघुकथाले व्यापक विकास गरेको चर्चा गर्नुभयो । उहाँले नेपाली लघुकथा अन्तर्राष्ट्रिय रुपमा परिचित हुँदै गएकोमा खुसी व्यक्त गर्नुभयो ।

लघुकथा गोष्ठीमा देशका विभिन्न स्थानका लघुकथाकारले सक्रियताका साथ भाग लिएका थिए ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!