राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी नागरिकता विधेयकमा के छ ?


[ss_social_share]
लेखक : लेखापढी      ९ जेष्ठ २०७८, आईतवार १८:४८ मा प्रकाशित     
राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी नागरिकता विधेयकमा के छ ?

काठमाडौं । जेठ ९
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नेपाली नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकी छिन् । जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको छ । हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सत्तामा टिकिरहन मधेसवादी दलको माग अनुसार यो अध्यादेश राष्ट्रपति समक्ष पेश गरेका थिए । ओली विगतमा संविधान निर्माणका क्रममा राखेको मतभन्दा फरक किसिमले प्रस्तुत भएका छन् । यसलाई मधेशवादी दलको ठूलो उपलब्धि मानिएको छ । विगत दुई वर्षदेखि छलफलका क्रममा रहेको अध्यादेशलाई संसद विघटन भएपछि अध्यादेशका माध्यमबाट जारी गरिएको छ ।

यस अध्यादेशमा २०७२ साल असोज ३ गते भन्दा अगाडी जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तान १६ वर्ष पुगेपछि वंशजको आधारमा नेपालको नागरिक मानिने उल्लेख गरिएको छ । यस्तै नेपालको नागरिक आमाबाट जन्म भई नेपालमा नै बसोबास गरेको तर बाबुको पहिचान हुन नसकेको व्यक्तिले पनि वंशजको आधारमा नेपालको नागरिक पाउने अध्यादेशमा उल्लेख छ । यस्तो नागरिकता प्राप्त व्यक्तिको पहिचान भई विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिले वंशजको आधारमा लिएको नागरिकता कायम रहने छैन । निजले बाबुको नामबाट विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको भनी स्वघोषणा गरेमा निजको नागरिकतालाई अङ्गीकृत नागरिकतामा परिणत गरिने अध्यादेशमा लेखिएको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •