प्रलेसका बहुमत लेखकद्वारा प्रतिगमनको विरोध


[ss_social_share]
लेखक : लेखापढी      ९ जेष्ठ २०७८, आईतवार १६:५० मा प्रकाशित     
प्रलेसका बहुमत लेखकद्वारा प्रतिगमनको विरोध

काठमाडौं । जेठ ९
प्रगतिशील लेखक संघका बहुमत ६३ सल्लाहकार एवम् केन्द्रीय पदाधिकारीले प्रधानमन्त्री एवम् राष्ट्रपतिको प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदमको विरोध गरेका छन् । उनीहरुले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री र राष्ट्रपतिको मिलोमतोमा भएको अप्रजातान्त्रिक कदम, गणतन्त्र, संविधान र नेपाली जनताको भावनाको विरुद्ध भएको बताएका छन् । लेखकहरूले यसप्रकारको असंवैधानिक तथा जनविरोधी कदमको निन्दा गर्दै त्यसका विरुद्ध चल्ने न्यायपूर्ण आन्दोलनहरुप्रति ऐक्यवद्धता समेत जाहेर गरेका छन् ः

प्रेस वक्तव्य
वर्तमान ओली सरकारको प्रतिगामी कदम बढ्दै गैरहेको यथार्थताप्रति हामी प्रगतिशील लेखक सङ्घमा आबद्ध निम्न सल्लाहकार, केन्द्रिय सदस्य तथा पार्षदहरुको ध्यानाकर्षण भएको छ ।

२०७७ पौष ५ गते असंवैधानिक तरिकाले संसद विघटन गरिएको थियो । सर्वोच्च अदालतद्वारा त्यसप्रकारको असंवैधानिक कदमलाई सच्याउने प्रयास भयो । अहिले फेरि ओली सरकारद्वारा पूर्नस्थापित संसदलाई विघटन गरिएको छ । प्रधानमन्त्री र राष्ट्रपतिको मिलोमतोमा भएको यसप्रकारको अप्रजातान्त्रिक कदम, गणतन्त्र, संविधान र नेपाली जनताको भावनाको विरुद्ध छ । हामी यसप्रकारको असंवैधानिक तथा जनविरोधी कदमको भत्र्सना गर्दै त्यसका विरुद्ध चल्ने न्यायपूर्ण आन्दोलनहरुप्रति ऐक्यवद्धता प्रकट गर्दछौं ।

अहिलेको कोरोना महामारीमा नेपाली जनताले चुनाव चाहेकै छैन । र, ओली सरकारको नियत पनि चुनाव गराउने हुँदै होइन । अक्सिजनले छटपटाइरहेका जनताको अगाडि ताजा जनादेशको कुरा गर्नु, एकदमै लाजमर्दो राजनीति हो । धारा ७५(३) अन्तरगत ठूलो दलको हैसियतमा प्रधानमन्त्री भैसकेपछि विश्वासको मत प्राप्त गर्न नसक्दा, लोकतान्त्रिक विधि र पद्धतिलाई अवलम्बन गर्नुपर्ने थियो तर ओली सरकारले तानाशाही पद्धति अवलम्बन गर्यो । हामी यसप्रकारको असंवैधानिक कदमको जोडदाररुपले भत्र्सना गर्दछौं ।

प्रलेससम्बद्ध ६३ जना लेखक–साहित्यकारहरूको नामावली यस्तो रहेको छ–

१. गोपीरमण उपाध्याय, उपाध्यक्ष
२. समीर सिंह, महासचिव
३. प्रकाश थापामगर, सचिव
४. बाबुराम आचार्य, सचिव
५. मातृका पोखरेल, सल्लाहकार
६. अमर गिरी, सल्लाहकार
७. रामप्रकाश पुरी, सल्लाहकार
८. डा. बिन्दु शर्मा, सल्लाहकार
९. प्रा.डा. श्रीधर गौतम, सल्लाहकार
१०. डा. कृष्णराज अधिकारी, सल्लाहकार
११. आरएम डङ्गोल, सल्लाहकार
१२. मिश्र बैजयन्ती, सल्लाहकार
१३. डा. पुष्करराज भट्ट, सल्लाहकार
१४. इन्द्र रेग्मी, सल्लाहकार
१५. भेषमान गिरी, सल्लाहकार
१६. डा. गोविन्द आचार्य, सल्लाहकार
१७. तेजेन्द्र प्रसाई, सल्लाहकार
१८. झगिन्द्र ढकाल पारस, सचिवालय सदस्य
१९. शालिकराम तिमिल्सिना, सचिवालय सदस्य
२०. गिरिप्रसाद बुढा, सचिवालय सदस्य
२१. जनक रसिक, सचिवालय सदस्य
२२. जगत प्रसाद रेग्मी, केन्द्रीय सदस्य
२३. इन्द्र लामा, केन्द्रीय सदस्य
२४. नारायण मरासिनी, केन्द्रीय सदस्य
२५. बम बाँनिया, केन्द्रीय सदस्य
२६. नरेश न्यौपाने, केन्द्रीय सदस्य
२७. मिन राना, केन्द्रीय सदस्य
२८. मधुकुमार क्षेत्री, केन्द्रीय सदस्य
२९. राममणि ढुङ्गेल, केन्द्रीय सदस्य
३०. राजेश विक, केन्द्रीय सदस्य
३१. प्रदीप प्रधान, केन्द्रीय सदस्य
३२. जीवन शाही, केन्द्रीय सदस्य
३३. ताराप्रसाद शर्मा, केन्द्रीय सदस्य
३४. कमल कार्की, केन्द्रीय सदस्य
३५. पुरु लम्साल, केन्द्रीय सदस्य
३६. बालाकृष्ण अधिकारी, केन्द्रीय सदस्य
३७. सुमित्रा वाङ्देल चेली, केन्द्रीय सदस्य
३८. ऋद्धिरमण घिमिरे, केन्द्रीय सदस्य
३९. बोधकुमार घिमिरे, परिषद् सदस्य
४०. सुवास खनाल, परिषद् सदस्य
४१.. ताराबहादुर बुढाथोकी, परिषद् सदस्य
४२. कौशिला रिसाल, परिषद् सदस्य
४३. सुभास जिसी, परिषद् सदस्य
४४. हेमराज आश्रम, परिषद् सदस्य
४५. विजय राणा, परिषद् सदस्य
४६. बिनु केसी, परिषद् सदस्य
४७. केशवनाथ योगी, परिषद् सदस्य
४८. राम बसु, परिषद् सदस्य
४९. ऋतु केसी, परिषद् सदस्य
५०. ध्रुव गिरी, परिषद् सदस्य
५१. धर्मराज दानी, परिषद् सदस्य
५२. कल्पना पौडेल जिज्ञासु, परिषद सदस्य
५३. जगत् वाशिष्ठ, परिषद् सदस्य
५४. बाबा बस्नेत, परिषद् सदस्य
५५. यादवी ढकाल, परिषद् सदस्य
५६. शेखर अर्याल, परिषद् सदस्य
५७. प्रेमिला राई, परिषद् सदस्य
५८. रामबहादुर घिसिङ, परिषद् सदस्य
५९. धनकुटे कान्छा, परिषद् सदस्य
६०. गणेशकुमार राई, परिषद् सदस्य
६१. कृष्ण किसु, परिषद् सदस्य
६२. कल्याण ओझा, परिषद् सदस्य
६३. यादवराज उपाध्याय, परिषद सदस्य

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •