आमा : उर्मिला पन्त पाण्डेयको गीत


[ss_social_share]
लेखक : लेखापढी      ८ जेष्ठ २०७८, शनिबार १२:१६ मा प्रकाशित     
आमा : उर्मिला पन्त पाण्डेयको गीत

आमा तिम्रो सम्झनाले आज मन रोयो
आँशुको यो वर्षाले नै साँझ मन धोयो ।
आमा…

आमा तिम्रो सम्झनामा मन सँधै रुन्छ
मनमा मिठो तिम्रो आदर्श वाणी घुम्छ ।
आमा..

भुल्ने प्रयास गरे पनि भुल्न सक्दिन
तिमी बाहेक अरूसँग खुल्न सक्दिन ।
आमा…

सपनीमा तिमीलाई नै देखि रुन्छु म
विपनीमा तिमीलाई नै संझि रुन्छु म ।
आमा…

माईती धर बिरानो भो तिमी नहुँदा
चाडपर्व निरस तिमीलाई सम्झँदा ।
आमा…

आमा तिम्रो सम्झनाले आज मन रोयो
आँशुको यो वर्षाले नै साँझ मन धोयो ।


उर्मिला पन्त पाण्डेय


(उर्मिला पन्त पाण्डेयको जन्म काठमाडौं, ज्ञानेश्वरमा भएको हो । उहाँले लामो समय शिक्षण सेवा गर्नुभएको पाइन्छ । यस गीतमा उहाँले आमाको सम्झनालाई भावुकताका साथ प्रस्तुत गर्नुभएको छ ।)

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •