एमाले स्थायी कमिटी बैठक आज साँझ ४ बजे बालुवाटारमा बस्दै


[ss_social_share]
लेखक : लेखापढी      ८ जेष्ठ २०७८, शनिबार ११:५६ मा प्रकाशित     
एमाले स्थायी कमिटी बैठक आज साँझ ४ बजे बालुवाटारमा बस्दै

सत्तारुढ दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ४ बजे बैठक बस्ने स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

बैठकमा चुनावको मिति घोषणा र पार्टीको आन्तरिक जीवनका विषयमा छलफल हुने कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

पार्टीभित्र देखिएको पछिल्लो समस्या र समाधानका बारेमा बैठकमा छलफल हुने बताइएको छ । नेता माधवकुमार नेपाल पक्षका नेताहरुले विपक्षी गठबन्धनमा लागेको र नेता रामबहादुर थापा बादललाई निर्वाचनमा मतदान नगरेको विषयबारे बैठकमा छलफल हुने एमाले स्रोतले बताएको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •