चुनावको उदघोष जालझेल हो : माधव कुमार नेपाल


लेखक : लेखापढी      ८ जेष्ठ २०७८, शनिबार ०९:५१ मा प्रकाशित     
चुनावको उदघोष जालझेल हो : माधव कुमार नेपाल

काठमाडौँ — नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधानको मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले कथित चुनावको उदघोष गर्दै जालझेल गरिएको बताएका छन् ।

नेपालले पुन: प्रतिगमन दोहोरिएको बताएका छन् । शनिबार बिहान ट्वीट गर्दै नेता नेपालले ‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको’ बताएका हुन् ।

उनले संविधानको मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले कथित चुनावको उदघोष गर्दै जालझेल गरिएको बताएका छन् । उनले लेखेका छन्, ‘यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु !’

100% LikesVS
0% Dislikes
Spread Your Love !!!