दूरदृष्टिको अभाव


लेखक : लेखापढी      ८ जेष्ठ २०७८, शनिबार १८:५३ मा प्रकाशित     
दूरदृष्टिको अभाव

सामाजिक सञ्जालमा उडन्ते, पाखण्डी, अश्लील, मिथ्था र भ्रमात्मक सामाग्री छरपष्ट देखिए पनि त्यसभित्र ज्ञानवर्धक, उपयोगी र सत्यताका कैयौं समाचारमूलक विषय पनि त्यतिकै पाइने हुँदा फूर्सद हुनासाथ हातमा मोबाइल समाएर प्रायः मानिसहरू घोत्लिएझैँ म पनि त्यसरी घोत्लिएको बेला पेरिसडाँडाबाट प्रचण्डको आत्मसमर्पण शीर्षकको टिप्पणीमूलक लेखमा आँखा जुझ्न पुगे । हिजो सुत्ने बेलाभन्दा अगाडि पनि माओवादी केन्द्रको एउटा बैठकमा राष्ट्रपतिले दिएको समयभित्र सहमति जुटाएर सरकार बनाउन प्रयास गरेको भए पनि जसपाको बहुमत नपुगेको र माधव नेपाल समूहले राजीनामा दिएर सहयोग नगरेपछि निरास हुँदै प्रचण्डले बैठकमा बिफ्रिङ गरेको खबर सम्प्रेषण भएको पनि हेरेको थिएँ ।

नेकपा माओवादी र नेकपा (एमाले) को अप्रत्यासित र शीर्ष नेतृत्वको हैकमवादी शैलीमा गरिएको एकता प्रक्रियाबारे गम्भीर असहमति व्यक्त गर्दै आएका कारण साङ्गठनिक सञ्जालको स्थानिय नेतृृत्वसँगको जीवन्त सम्पर्कबाट केही टाढा भएको जस्तो देखिन गए पनि सङ्गठनको हरेक क्रियाकलापबाट भने टाढा थिइनँ

ती दुवै खबरले मलाई भावविभोर मात्र बनाएन, आफू आफ्नो चेतना जागृृत भएदेखि क्रियाशील रहेको आदर्श, सिद्धान्त र विचार बोकेको सङ्गठनका प्रमुख कमाण्डरको त्यस्तो हालतले सङ्गठनको भविष्यप्रति गम्भीर र उद्विग्न बनायो । नेकपा माओवादी र नेकपा (एमाले) को अप्रत्यासित र शीर्ष नेतृत्वको हैकमवादी शैलीमा गरिएको एकता प्रक्रियाबारे गम्भीर असहमति व्यक्त गर्दै आएका कारण साङ्गठनिक सञ्जालको स्थानिय नेतृृत्वसँगको जीवन्त सम्पर्कबाट केही टाढा भएको जस्तो देखिन गए पनि सङ्गठनको हरेक क्रियाकलापबाट भने टाढा थिइनँ, तर पनि म केही समय पहिलेदेखि हामीले अङ्गिकार गरेको सिद्धान्त र व्यवहारमा मिल्न नसकेको तालमेल र मूल नेतृत्वको दृश्य–अदृश्य असम्बन्धित व्यक्ति विशेषसँगको रहस्यमय भेटघाटप्रति असन्तुष्टि व्यक्त गर्दै त्यसको उचित जवाफको प्रतीक्षा गर्दै आएको छु । तथापी सङ्गठनप्रतिको स्नेह, निष्ठा र समर्पण भावको कसिलो, पुरानो आस्थाको सम्बन्धको बन्धन छिनीहाल्ने त कुरा भएन ।

राजनीतिक व्यक्ति वा विषयविज्ञ व्यत्तित्व नै हुन् । उनीहरू भित्र अन्तरनिहित ज्ञान, विवेक, क्षमता र दूरदर्शी भावको उजागर उसले पाएको अवसरको बेला प्रस्फूटन हुने रहेछ । मैले विगतको संविधानसभा पश्चात निर्वाचित साथीहरूमा पलाएको दम्भ र प्रथम राष्ट्रपति जसलाई नबनाउनु पर्र्ने हो, नबनाएकोमा जनाएको विमतिले निम्त्याएको मप्रतिको नकारात्मक दृष्टिकोणले त्यतिबेला घायलजस्तै भएको थिएँ, तर त्यसको दुई महिना नबित्दै मसँग सहमत भएको सुप्रिम कमाण्डरको वक्तव्य आएपछि भने मसँग असहमत हुने मित्रहरू सागपातझैं ओइलाएका थिए ।

द्वन्द्वको समयमा चलेका दोहरा अशिष्ट, अमर्यादित र तुच्छ गालीगलौज पनि त्यस स्तरका व्यक्तिबाट हुनु हुँदैनथ्यो भन्ने बारेमा म अहिले पनि अडिग छु ।

हालको प्रसङ्ग कोट्याउँदा पनि म नेकपाको उच्च तर असफल भएको संयन्त्र सचिवालयका दर्जनौं बैठकमा उठेका झिना–मसिना अहम प्रदर्शन भएका श्रृङ्खलाहरू स्वभाविक थिएनन् मात्र होइन, अशोभनीय पनि थिए भन्ने ठम्याई ताजै छ । द्वन्द्वको समयमा चलेका दोहरा अशिष्ट, अमर्यादित र तुच्छ गालीगलौज पनि त्यस स्तरका व्यक्तिबाट हुनु हुँदैनथ्यो भन्ने बारेमा म अहिले पनि अडिग छु । आपसी द्वन्द्वको समाधान गर्ने मनसाय वा आफू सत्तामा टिकिरहने जुनसुकै सोचले भएपनि केपी ओली प्रचण्डको निवासमा गएर दुई मध्ये एक पद छाड्न र दुवै पक्षले एकअर्कालाई लगाएको निम्न स्तरको मात्र होइन, समाज प्रदुषित बनाउने आरोप–प्रत्यारोप पत्र फिर्ता लिन तयार भएको भन्ने कुरामा प्रचण्ड नमान्नु अकर्मण्यता नै हो । कसैको कसैप्रति मौलाएका अलुषित कुण्ठा, रोष र बदनियत समयमै खुल्न नसक्दा खेप्नुपरेको अदुरदर्शिताको कलङ्क त मेटिँदैन नै, त्यसले पुर्याउने वाम आन्दोलनको क्षतिको परिपूर्ति सहज छैन भन्ने लाग्छ । त्यस प्रस्ताव स्विकारी अघि बढ्न सकेको भए दुई सर्वशक्तिमान मध्ये एउटाले सरकारको र अर्कोले पार्टीको नेतृत्व गर्ने अवसरले पार्टी छिन्नभिन्न हुँदैनथ्यो ।

वर्षौं अघिदेखिको सहयात्रीको वर्तमानको क्षणिक वैमनस्यतालाई आधार मानेर दीर्घकालीन व्यवस्थापन र विश्वासको भरपर्दा बलवान भएर उठन गाह्रो हुनेगरी प्रचण्ड असफल हुनुपरेको तथ्यलाई विचार, पद्धति र विधिले ढपक्क ढाकेर प्रतिवाद गर्न जति भक्तरामहरू उद्वत भएपनि इतिहासले भोलि सत्य प्रमाणित गर्नेमा द्विविधा छैन । प्रतिगामी, अग्रगामी, पश्चगामी विधि, पद्धति, सिद्धान्त, विचारधाराको साँचो अर्थ र व्याख्याभित्र शीर्ष नेतृत्वको अन्तर्भाव प्रतिबिम्बित हुने हुँदा त्यसले पनि मौसमअनुसार रङग फेर्दोरहेछ । जोड्ने, फुटने र लज्जास्पद विभिन्न श्रृङ्खला आमन्त्रण गर्ने भूमिकाकार तहतहका निरिह, भोलिका भरोसाका पात्रहरूले अब कसरी आम समर्थक, समूदायसँग संगठन विस्तार, निर्वाचनलगायतका साङगठनिक अभिवृद्धिका  कार्यको माग सम्बोधन गर्न जान्छन्, विचारणीय विषय बन्न पुगेको छ ।

सर्वेसर्वा आफैले बनाएको कारण सर्वेसर्वासँग सोझो मुख जुझाएर प्रतिवाद गर्न नसक्ने निरिह बन्दा त्यस्तो भएको हो ।

पचास वर्ष शासन गर्ने साङ्गठनिक महल यति छिटै ढलेको शिर्ष नेतृत्वको  अदुरदर्शिता, अकर्मण्यता, ईख, इर्ष्या र अहमलाई तहगत अन्य नेताहरूले हस्तक्षेपकारी भूमिकाले व्यवस्थापन गर्न नसकिएको हो । सर्वेसर्वा आफैले बनाएको कारण सर्वेसर्वासँग सोझो मुख जुझाएर प्रतिवाद गर्न नसक्ने निरिह बन्दा त्यस्तो भएको हो । संस्था प्रमुख मुख्य पद भएपनि सर्वेसर्वा होइन र एकल निर्णयको प्रावधानप्रति सन्तोष मान्ने परिपाटीको अन्त्य गरी सामान्यतया संस्थागत निर्णय गर्ने स्थिति नबसालेसम्म कुनै सफलता हासिल गर्न सकिने अवस्था रहन्न ।

आगामी दिनमा लज्जास्पद पराजयका पुञ्जहरू भोग्न र देख्न छर्लङ्ग आकाश खुल्दासमेत चेत नआएको देख्दा आश्चर्य लागेर आउँछ ।

हठात् र प्रभुत्वशाली शैलीमा नै भएपनि एकताको कार्य प्रारम्भ भइसकेपछि त्यसलाई पूर्णाकार नदिँदै यसरी क्षतविक्षत हुनु भनेको नेतृृत्वमा देखिएको व्यक्तिकेन्द्रित सत्ता, शक्ति र निजी आत्मगत अहङ्कार हो । आगामी दिनमा लज्जास्पद पराजयका पुञ्जहरू भोग्न र देख्न छर्लङ्ग आकाश खुल्दासमेत चेत नआएको देख्दा आश्चर्य लागेर आउँछ ।

यस्तो सुनौलो अवसर वर्तमान नेताहरूको कार्यकालमा त खै कसरी आउला र ! सोच्न सकिने ठाउँ रहेन, तर निश्चित सर्वमान्य र पारदर्शी विधि अपनाएर जो नेतृत्वमा पुग्छ, उसले पार्टी वा सत्तामध्ये एउटा मात्र रोजेर सामूहिकता झल्कने गरी व्यवस्थापन गर्न सकियो भने आशा गर्ने ठाउँ रहन्छ । त्यसका लागि त्याग र प्रतिबद्धता, इमान, दूरदर्शिता र विवेकको खाँचो पर्छ ।


रह शर्मा 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!