प्रधानमन्त्री र राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हाले : गगन थापा


[ss_social_share]
लेखक : लेखापढी      ८ जेष्ठ २०७८, शनिबार ०९:१६ मा प्रकाशित     
प्रधानमन्त्री र राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हाले : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई अँध्यारो सुरुङमा हालेको बताएका छन् ।

नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिसन संविधानको हुर्मत लिनु रहेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङका कारण संविधान र संसदमाथि प्रहार भएको बताएका छन् । दुवैकाे मिसन नै संसद र संविधानको हुर्मत लिनु रहेकाे उनकाे टिप्पणी छ । साथै उनले प्रधानमन्त्री र राष्ट्रपतिलाई ‘देशघाती’ र ‘अधर्मी’ जोडीको संज्ञा दिँदै यतिमै उनीहरु नरोकिने र थप तिकडमहरू गर्न सक्ने बताएका छन् ।

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीलाई संविधान र संसद् कहिल्यै मन नपरेको भन्दै उनले सामाजिक सञ्‍जालमा लेखेका छन्, ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद् !विघटन,पुन:स्थापित संसद्को अपमान,विश्वासको मतको नाटक,७६(३)को सरकार गठन,विश्वास लिनुको सट्टा७६(५)को आव्हान,अनुकुल नभएपछि फेरि विघटन!कस्तो सेटिङ ! प्रक्रिया त देखाउन मात्र थियो, यिनको मिसन त संसद् र संविधानको हुर्मत लिनु थियो । लिए !’

उनले अगाडि लेखेका छन्, ‘सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्। महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिनेवाला छैनन् नेतागण!नअलमलिउँ,खुट्टा नकमाऔं,सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।’

 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •