कोरोना सङक्रमितकाे सङ्ख्या ५ लाख नाध्यो,८,८४८ कोरोनामुक्त, १२९ को मृत्यु


लेखक : लेखापढी      ८ जेष्ठ २०७८, शनिबार १८:१७ मा प्रकाशित     
कोरोना सङक्रमितकाे सङ्ख्या ५ लाख नाध्यो,८,८४८ कोरोनामुक्त, १२९ को मृत्यु

पछिल्लो २४ घन्टामा थप ८,८४८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसँगै नेपालमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या पाँच लाख नाघेको छ।

पछिल्लो चौबीस घण्टामा १९ हजार ३५७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

हालसम्म पाँच लाख पाँच हजार ६४३ जना सङ्क्रमित भएका छन् । हाल एक लाख १५ हजार ८०६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १२९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट छ हजार १५३ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार हाल ८६६ जना क्वारेन्टिनमा छन् ।

 

50% LikesVS
50% Dislikes
Spread Your Love !!!