संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक ः सभामुख सापकोटा


लेखक : लेखापढी      ८ जेष्ठ २०७८, शनिबार १९:१४ मा प्रकाशित     
संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक ः सभामुख सापकोटा

काठमाडौं । जेठ ८
सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भनेका छन् ।

आज शनिवार सभामुख सापकोटाले एक विज्ञप्ति जारी गर्दै यो कदम २०७७ पुस ५ को प्रतिनिधि सभा विघटन विरुद्ध ६७ दिनसम्म गरिएको संवैधानिक, कानुनी र राजनीतिक संघर्षको भावना एवम् सर्वोच्च अदालतको संवैधानिक इजलासको २०७७ फागुन ११ गतेको फैसलाको विपरित देखिन्छ भनेका छन् ।

उनले सर्वोच्च अदालतले सदनमा विकल्प छँदाछँदै सदन विघटन गर्न नपाइने फैसला गरेको स्मरण गराउँदै संविधानको धारा ७६ (५) बमोजिम वैकल्पिक सरकारका लागि वस्तुगत आधार प्रस्तुत भइसकेको अवस्थामा प्रतिनिधि सभा विघटन गर्नु स्वभाविक नभएको र संवैधानिक कदम नभएको बताएका छन् ।

सभामुख सापकोटाले राष्ट्रपति कार्यालयबाट २०७८ जेठ ८ गते जारी गरिएको विज्ञप्ति नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन २०७३ र प्रतिनिधि सभा नियमावली २०७५ ले गरेको व्यवस्थासँग मेल नखाएको बताएका छन् । उनले यो कदम शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणको सिद्धान्त विपरित रहेको दावा समेत गरेका छन् ।

 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!