विघटन विरुद्ध पाँच दल


विघटन विरुद्ध पाँच दल

काठमाडौं । जेठ ८
विघटन गरेर निवार्चन गर्ने घोषणा विरुद्ध पाँच दल एक भएका छन् । आज राजधानीमा बसेको पाँच दलको बैठकले यो घोषणा गरेको हो ।

पाँच दलीय गठबन्धनको बैठकपछि जारी गरिएको विज्ञप्तिमा प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कार्यको विरोधका साथै यसका विरुद्ध राजनीतिक एवम् कानुनी लडाँई लडने निर्णय गरिएको छ ।