लाकोजूको घाम फूल्ने याम सार्वजनिक


लेखक : लेखापढी      ८ जेष्ठ २०७८, शनिबार २२:३६ मा प्रकाशित     
लाकोजूको घाम फूल्ने याम सार्वजनिक

काठमाडौं । जेठ ८
कवि सूर्यप्रसाद लाकोजूको नयाँ कविता संग्रह घाम फूल्ने याम सार्वजनिक भएको छ । सो कवितासङ्ग्रहभित्र विविध विषयका ५८ ओटा कविताहरू सङ्कलित रहेका छन् ।

सूर्यप्रसाद लाकोजू लामो समयदेखि नेपाली भाषा–साहित्य, एवम् साहित्यिक पत्रकारितामा सक्रिय रहेका छन । उनको हालसम्म चार कविता कृति प्रकाशित भइसकेका छन्, यो पाचौँ कविता सङ्ग्रह हो । यस अघि उनका स्पर्श, मेरो मन मेरो मीत, घामको चुम्बन, मेरो घाम गरी चारओटा कवितासङ्हका कृति प्रकाशन भइसकेका छन् ।

यस कविता कृतिमा देशभक्तिको भावना बोकेका कविताहरू छन् । वर्तमान राजनीतिका विसंगति, सामाजिक सरोकारका विषय, प्रणयजन्य अनुभूति कृतिका विषयसन्दर्भका रुपमा आएका छन् । कृतिमा मानवीय सम्वेदनाका अनेक भावको अभिव्यक्ति छ । बुबा कविताबाट प्रारम्भ भएको घाम फुल्ने याम आमा कवितामा गएर टुङ्गिएको छ ।

घाम फूल्ने याम कृतिका लेखक लाकोजूका कवितामा पितृभक्तिको भाव सशक्त किसिमले आएको छ । यस कृतिमा आफ्ना अग्रज तथा अभिभावकहरूप्रति श्रद्धा, आत्मिक प्रेममाथिको विश्वास, देशका सपुत र सहिदप्रति सम्मान, प्रकृतिप्रेम, संस्कृतिप्रेमले जस्ता कथ्यसन्दर्भ जर्बजस्त किसिमले प्रकट भएका छन् ।

कविता कृति ट्रान्सवल्ड पब्लिकेशन काठमाडौंले प्रकाशनमा ल्याएको हो । दुई दर्जनभन्दा बढी कृतिका सर्जक लाकोजूले नेपाली साहित्यका मुक्तक, कविता, निबन्ध, हाइकु, नियात्रा, अनुसन्धान, अनुवाद जस्ता विधामा कलम चलाउँदै आएका छन् । कृति प्रकाशनका क्षणमा लेखकलाई हार्दिक बधार्ई छ ।

 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!