‘गण्डकी वाङ्मय पुरस्कार’ कवि चिन्तु गिरीलाई


लेखक : लेखापढी      ८ जेष्ठ २०७८, शनिबार २२:५४ मा प्रकाशित     
‘गण्डकी वाङ्मय पुरस्कार’ कवि चिन्तु गिरीलाई

कास्की । जेठ ८
गण्डकी साहित्य सङ्गम, पोखराले २०७७ को ‘गण्डकी वाङ्मय पुरस्कार’ कवि चिन्तु गिरीलाई प्रदान गर्ने निर्णय गरेको छ । सङ्गमले समाजवादी यथार्थवाद र सामन्तवाद–साम्राज्यवाद विरोधी प्रगतिशील तथा देशभक्त साहित्यिक धारामा साधना गर्ने स्रष्टाहरुलाई प्रेरणा, प्रोत्साहन एवं सम्मान गर्न २०५२ देखि राष्ट्रिय तहमा गोकुल वाङ्मय पुरस्कार र क्षेत्रीय तहमा गण्डकी वाङ्मय पुरस्कार एक एक वर्ष विराएर प्रदान गर्दै आइरहेको छ । यसै क्रममा २०७७ सालको क्षेत्रीय तहको पुरस्कार प्रदान गर्न प्रतिभा छनोटका लागि सङ्गमका सदस्य श्री छविलाल आचार्यको संयोजकत्वमा गठित प्राडा रविलाल अधिकारी र प्राडा मानबहादुर केसीसमेत तीनजनाको समितिले सर्वसम्मत सिफारिस गरे अनुरुप तीन दशकभन्दा बढी समयदेखि निरन्तर प्रगतिशील साहित्यको क्षेत्रमा योगदान गर्दै आउनुभएका कवि चिन्तु गिरीलाई ‘गण्डकी वाङ्मय पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । २०११ सालमा स्याङ्जामा जन्मनुभएका कवि चिन्तु गिरीका आधा दर्जन कृतिहरु प्रकाशित छन् ।

पुरस्कार हरेक वर्ष जेठ ८ गते गोकुल जयन्तीका दिन प्रदान गर्ने गरिएकोमा बर्तमान कोरोना महामारीका कारण उत्पन्न परिस्थिति र निषेधाज्ञाका कारण उक्त दिनमा कार्यक्रम गर्न नसकिने भएकाले वातावरण सहज भएपछिको उपयुक्त समयमा विशेष कार्यक्रम गरी पुरस्कार हस्तान्तरण गरिने आयोजक संस्थाका अध्यक्ष डा. कृष्णराज
अधिकारीले बताउनु भएको छ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!