प्रधानमन्त्रीमा ओलीको पनि दावी , दावी पेश गर्दै शीतलनिवासबाट बाहिरिए


[ss_social_share]
लेखक : लेखापढी      ७ जेष्ठ २०७८, शुक्रबार १६:३२ मा प्रकाशित     
प्रधानमन्त्रीमा ओलीको पनि दावी , दावी  पेश  गर्दै शीतलनिवासबाट बाहिरिए

संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा दावी पेश गरेर केपी शर्मा ‌ओली शीतलनिवासबाट बाहिरिएका छन् ।

एमालेका १२१ जना सांसद आफूसँग रहेको दावीसहित सोबारे जानकारी गराउन प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् ।  उनी करिब ४० मिनेट शीतल निवासमा पुगेर बालुवाटार फर्किएका हुन् । 

शुक्रबार दिउँसो विपक्षी गठबन्धनहरू पुग्नुभन्दा पहिला नै शितल निवासमा पुगेका ओलीले एमालेका १२१ र जनता समाजवादी पार्टीका ३२ सांसदको समर्थन आफूलाई रहेको दावी पेश गरेका हुन् ।

राष्ट्रपति  विद्यादेवी भण्डारीले यो प्रक्रिया अनुसार सरका गठनमा दावी पेश गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छिन् ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •