प्रधानमन्त्रीमा दावी पेश गर्न १४९ सांसदको हस्ताक्षर सहित देउवा शीतलनिवासमा


लेखक : लेखापढी      ७ जेष्ठ २०७८, शुक्रबार १५:५४ मा प्रकाशित     
प्रधानमन्त्रीमा दावी पेश गर्न १४९ सांसदको हस्ताक्षर सहित देउवा शीतलनिवासमा

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नलाई बहुमत सांसदको हस्ताक्षर लिएर विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यालय पुगेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधनमन्त्री बनाउन माग गर्दै १४९ सांसदको हस्ताक्षरसहित नेताहरु शीतलनिवास पुगेका हुन् ।

देउवालाई प्रधानमन्त्रीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीको बाबुराम भट्टराई उपेन्द्र यादव पक्षका सांसदले समर्थन गरेका छन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!