राष्ट्रपतिले दिएको समय सकियो, प्रधानमन्त्रीका लागि ओली र देउवाको दावी


राष्ट्रपतिले दिएको समय सकियो, प्रधानमन्त्रीका लागि ओली र देउवाको दावी

 राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि दिएको समयसीमा सकिएको छ ।

निर्धारित समयभित्र नेकपा एमालेबाट केपी शर्मा ओली र विपक्षी गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा आ-आफ्नो दावी प्रस्तुत गरेका छन्।

उनले दिएको समयसीमाभित्र केपी शर्मा ओलीले १५३ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका छन् भने विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवाले १४९ जना सांसदको हस्ताक्षर बुझाएका छन् ।

सरकार गठनका लागि आवश्यक सांसदहरूको सङ्ख्या सुनिश्चित गरिएको दावीसहित विपक्षी दलहरू १४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय पुगेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनी पक्षबारे परामर्श गरेर मात्र प्रधानमन्त्री नियुक्तिबारे निर्णय लिने बताएकी छन् ।