आठ हजार ४०७ थपिए, सात हजार ८९० कोरोनामुक्त, १७७ को मृत्यु


आठ हजार ४०७ थपिए, सात हजार ८९० कोरोनामुक्त, १७७ को मृत्यु

नेपालमा कोरोनाभाइरसका आठ हजार ४०७ नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा २२ हजार ३५३ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या चार लाख ९७ हजार ५२ पुगेको जनाएको छ । हाल एक लाख १६ हजार १९२ जनामा भाइरसको सङ्क्रमण सक्रिय अवस्थामा रहेको छ । ९१२ जना हाल क्वारेन्टिनमा र एक लाख १६ हजार १९२ जना आइसोलेशनमा रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सात हजार ८९० जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म तीन लाख ७४ हजार ८३६ जना कोरोनामुक्त भएका हुन् ।
मन्त्रालयले हालसम्म १८ लाख ७८ हजार १४६ आरटीपीसीआर नमूना परीक्षण गरिएको जनाएको छ । कोरोना सङ्क्रमणले हुने मृत्यु छ हजार नाघेको छ । पछिल्लो चौबीस घण्टामा १७७ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणले छ हजार २४ जनाको मृत्यु भएको छ ।