माओबादी केन्द्रका नेता माथि गोलि प्रहार


लेखक : लेखापढी      ६ जेष्ठ २०७८, बिहीबार १३:३२ मा प्रकाशित     
माओबादी केन्द्रका नेता माथि गोलि प्रहार

काठमाडौं । कपिलवस्तु नागरपालिका–३ स्थित सडुवामा नेकपा (माओवादी केन्द्र)का नेता दिपक पाण्डेमाथि गोली हानिएको छ । गएराती अपरिचित व्यक्तिले चलाएको गोली लागेर माओवादी केन्द्रका जिल्ला नेता पाण्डे सहित दुईजना घाइते भएका छन् ।

३४ वर्षीय दिपक पाण्डे र भारत घर भएका २६ वर्षीय अयाज अख्तर मुसलमान घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले बताए ।

नेता पाण्डेको ढाड र पेटमा गोली लागेको छ भने अयाजको बायाँ हातको कुममा गोली लागेको छ।  पाण्डेलाई उपचारका लागी भैरहवा मेडिकल कजेलमा राखिएको छ । सामान्य घाईते भएका इसादको  जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको छ ।

ति दुबैजना मोटरसाइकलमा जर्लैयाखोलाबाट तौलिहवातिर आउँदै थिए । साथमा रहेका इसाद खानले मोटरसाइकल चलाएका थिए । 

उनीहरुमाथि पछाडिबाट अर्को मोटरसाइकलमा आएका तीनजनाले गोली हानेर भागेका हुन् । 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!