कञ्चनपुरमा निषेधाज्ञा जेठ १५ गतेसम्मका लागि थपियो


[ss_social_share]
लेखक : लेखापढी      ६ जेष्ठ २०७८, बिहीबार १३:४९ मा प्रकाशित     
कञ्चनपुरमा निषेधाज्ञा जेठ १५ गतेसम्मका लागि थपियो

कञ्चनपुर- कञ्चनपुरमा पनि निषेधाज्ञा लम्बाईएको छ। कोरोना संक्रमण झन–झन बढ्न थालेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कञ्चनपुरले जेठ १५ गते राति १२ बजेसम्मका लागि निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।  

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक विज्ञप्ति जारी गर्दै जारी निषेधाज्ञालाई जेठ १५ गते राति १२ बजेसम्मका लागि निरन्तरता दिने जनाएको छ। संक्रमणको जोखिम उच्च हुँदै गएकाले निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी महतोद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ। 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •