राष्ट्रियसभा सदस्यमा डा.खिमलाल देवकोटा विजयी,


लेखक : लेखापढी      ६ जेष्ठ २०७८, बिहीबार १७:४८ मा प्रकाशित     
राष्ट्रियसभा सदस्यमा डा.खिमलाल देवकोटा विजयी,

निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाए भने बादलले ४०१४ मतभार पाए ।

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

यस्तै अर्का उम्मेदवार कृष्णबहादुर तामाङले १३२ मत पाए । 

राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो भने साढे ४ बजेदेखि मतगणना शुरु भएको थियो ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!