राष्ट्रियसभा सदस्य उपनिर्वाचन: मतदान बिहान ९ बजेबाट, मत परिणाम आजै आउने


लेखक : लेखापढी      ६ जेष्ठ २०७८, बिहीबार ०८:४७ मा प्रकाशित     
राष्ट्रियसभा सदस्य उपनिर्वाचन: मतदान बिहान ९ बजेबाट, मत परिणाम आजै आउने

 राष्ट्रियसभा सदस्य उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशको अन्य समूहबाट निर्वाचित हुने रिक्त राष्ट्रियसभा सदस्यको लागि मतदान आज विहान ९ बजेबाट सुरु हुँदै छ ।

हेटौँडा ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयस्थित मतदान स्थलमा मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने भएको छ ।

राष्ट्रियसभा सदस्य उपनिर्वाचन निर्वाचन अधिकृतको कार्यालयले मतदान स्थल र मतदान केन्द्रको सुरक्षा लगायतका सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन अधिकृत एवं मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले कोरोना सङ्क्रमणको जोखिमका बीच हुन गइरहेको उपनिर्वाचनको स्वास्थ्य सावधानीका सम्पूर्ण उपायहरु अपनाएर मतदान गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
निर्वाचनको मत गणना र परिणाम घोषणा आज साँझनै सर्वाजनिक हुने भएको छ । निर्वाचन अधिकृत श्रेष्ठले मतगणना साँझ ५ बजेबाट सुरु गरिने र साँझ ७ बजेसम्ममा मत परिणम आइसक्ने अनुमान गरिएको जानकारी दिनुभयो ।

उपनिर्वाचनका लागि ३४८ जना मतदाता रहेकोमा प्रदेश सभाका सदस्य पशुपति चौलागाईँको कोरोना सङ्क्रमणबाट निधन भएपछि ३४७ मतदाता रहनु भएको छ । हाल बागमती प्रदेशको प्रदेशसभा सदस्य १०९ जना रहनु भएको छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख गरी २३८ जना मतादाता रहने छन् ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!