राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा.डा. पुष्पराज कँडेल


लेखक : लेखापढी      ६ जेष्ठ २०७८, बिहीबार १७:३६ मा प्रकाशित     
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा.डा. पुष्पराज कँडेल

काठमाडौं । वैशाख ६
कामचलाउ हैसियतमा पुगेको सरकारले धमाधम राजनीतिक नियुक्ति गर्ने क्रम जारी छ । यसै क्रममा आज राष्ट्रिय योजना आयोगका पदाधिकारीको सपथ ग्रहण समेत गरिएको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा.डा. पुष्पराज कँडेललाई नियुक्त गरेको हो । यसैगरी आयोगको सदस्यमा डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाही रहेका छन् ।

आज प्रधानमन्त्री ओलीले सिंहदरबारमा आयोगका उपाध्यक्ष एवम् सदस्यहरूलाई सपथ ग्रहण गराएका छन् ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!