कांग्रेसले सरकारलाई ज्ञापनपत्र बुझायो


लेखक : लेखापढी      ६ जेष्ठ २०७८, बिहीबार १७:०४ मा प्रकाशित     
कांग्रेसले सरकारलाई ज्ञापनपत्र बुझायो

काठमाडौं । वैशाख ६
नेपाली कांग्रेसले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । आज बुझाइएको ज्ञापन पत्रमा कोरोनाबाट बच्नका लागि खोपको व्यवस्था गर्न, स्वास्थ्य आपुर्तिका क्रममा देखिएको भ्रष्टाचार एवम् अनियमितताको छानबिन गर्न, अक्सिजनको उचित प्रबन्ध गर्न, आवश्यकता अनुसार स्वास्थ्यकर्मीको आवश्यकता पुरा गर्न माग गरेको छ ।

त्यसरी नै कोरोनाको तेस्रो भेरियन्टबाट बालबालिकालाई बचाउन बालबालिकाका लागि अलग बेडको व्यवस्था गर्न, पिसिआर परीक्षणको दायरा बढाउन, निजी अस्पतालबाट हुने गरेका लापरवाही एवम् अत्यधिक शुल्क लिने कार्यको अनुगमन र नियन्त्रणका लागि भूमिका खेल्न, निम्न वर्गका जनताका लागि राहतका आर्थिक प्याकेज उपलब्ध गराउन, देशका विभिन्न ठाउँमा सुविधासम्पन्न अस्पताल निर्माण गर्न माग गरेको छ ।

देशका हरेक जिल्लामा स्वास्थ्य परामर्श सेवा हटलाइनको व्यवस्था गर्न, प्राविधिक स्वास्थ्य सचिवको तत्काल नियुक्ति गर्न, सीमा नाका र हवाइ यातायातबाट आउने यात्रीहरुको आवश्यक परीक्षण गरेर सीमा व्यवस्थापन गर्न, जनताका तर्फबाट स्वास्थ्य सर्तकता भए, नभएको कुरालाई कडाइका साथ लागु गर्नका लागि अनुगमन सन्यत्र बलियो बनाउन समेत माग गरेको छ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!