राष्ट्रपति भण्डारीबाट नयाँ सरकार गठनका लागि आव्हान, विपक्षीबाट आपत्ति


लेखक : लेखापढी      ६ जेष्ठ २०७८, बिहीबार २१:३० मा प्रकाशित     
राष्ट्रपति भण्डारीबाट नयाँ सरकार गठनका लागि आव्हान, विपक्षीबाट आपत्ति

काठमाडौं । वैशाख ६
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आव्हान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ बमोजिम संसदबाट विश्वास नलिएर मार्ग प्रशस्त गरेपछि यो प्रक्रिया अघि बढेको हो ।

राष्ट्रपति कार्यालयले आज राति विज्ञप्ति जारी गर्दै भोलि जेठ ७ गते साँझ पाँच बजेसम्म विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न समय दिएकी छन् । भोलिसम्म कुनै व्यक्तिले प्रधानमन्त्रीमा दावा नगरेमा मुलुक स्वतः निर्वाचनमा जानेछ ।

यसैबिच नेपाली कांग्रेसले संसदको सबैभन्दा ठुलो दलका हैसियतमा प्रधानमन्त्री नियुक्त भएका केपी शर्माले संविधान बमोजिम सदनमा विश्वास मत नलिएको अवस्था भएको, उहाँले राजीनामा पनि नदिएको र स्विकृत पनि नभएको अवस्थामा कुन संवैधानिक व्यवस्था अनुसार नयाँ सरकार गठनको पहल भएको हो ? त्यसमा हाम्रो आपत्ति छ, भनेको छ । यस्तै अर्को विपक्षी दल नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री र राष्ट्रपति मिलेर संसद विघटन गर्न लागेको आरोप लगाएको छ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!