प्रधानमन्त्री ओलीले मार्ग प्रशस्त गर्ने


[ss_social_share]
लेखक : लेखापढी      ६ जेष्ठ २०७८, बिहीबार १८:३३ मा प्रकाशित     
प्रधानमन्त्री ओलीले मार्ग प्रशस्त गर्ने

काठमाडौं । वैशाख ६
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन् । आज भएको मन्त्रीपरिषदको बैठकले ३० दिनभित्र विश्वासको मत नलिने निर्णय गरेको छ । अब वर्तमान सरकारले संविधानको धारा ७६ को उपधारा ७ बमोजिम सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने भएको छ ।

आजको मन्त्रीपरिषदको बैठकले संसदको वर्षे अधिवेशन जेठ ९ गते आइतवार गर्ने समेत निर्णय गरेको छ । वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिन असफल भएपछि पदमुक्त भएका प्रधानमन्त्री ओली पुनः वैशाख ३० गते सबैभन्दा ठुलो दलको हैसियतले प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

आज सर्वोच्च अदालतले ७ जना मन्त्रीको नियुक्ति खारेज गर्नु र राष्ट्रिय सभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा बादलको पराजयसँग यी निर्णय आएका हुन् । नेपालको राजनीतिक घटनाक्रम बदलिए सँगै अबका दिनमा के हुन्छ, हेर्न बाँकी नै छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •