विश्व खाद्य कार्यक्रमले सुदूरपश्चिमका अस्पतालमा सिलिन्डर ढुवानी गर्दै


[ss_social_share]
लेखक : लेखापढी      ५ जेष्ठ २०७८, बुधबार १३:४५ मा प्रकाशित     
विश्व खाद्य कार्यक्रमले सुदूरपश्चिमका अस्पतालमा सिलिन्डर ढुवानी गर्दै

धनगढी- संयुक्त राष्ट्र संघ, विश्व खाद्य कार्यक्रमले सुदूरपश्चिमका सेती, महाकाली र टिकापुर अस्पतालमा निःशुल्क अक्सिजन सिलिन्डर ढुवानी गरिरहेको छ। कोरोना भाइरसको दोस्रो लहरको प्रकोप बढेसँगै सुदूरपश्चिमका अस्पतालहरुमा अक्सिजनको अभाव देखिएकोले नेपालगञ्ज र चितवनबाट गत बैशाख २१ गतेदेखि यहाँका अस्पतालहरुमा  ९ सय ३७ ओटा अक्सिजन सिलिण्डर ढुवानी गरिएको विश्व खाद्य कार्यक्रम सुदूरपश्चिम कार्यालय प्रमुख रबिन चन्दले दिनेशखबरलाई बताए। 

“हामीले दोस्रो लहरमा अस्पतालहरुमा लजिस्टिक सपोर्ट अन्तरगत सहयोग गरिरहेका छौँ। अस्पताललहरुले खाली भएका सिलिण्डर हामीलाई दिने गर्छन, तिनलाई भरेर ल्याउने काममा सहयोग गरिरहेका छौँ। ढुवानीमा लाग्ने खर्च हामीले नै व्यहोर्ने हो।” प्रमुख चन्दले भने। 

विश्व खाद्य कार्यक्रमले अहिलेसम्म ७ सय ८७ सिलिण्डर भरेर अस्पतालहरुमा बुझाएको र १ सय ५० सिलिण्डर भने उद्योगमा रहेको जनाएको छ। कोभिड माहामारी अवधिभर विश्व खाद्य कार्यक्रमले अस्पतालहरुमा यो सहयोग जारी रहने जनाएको छ।
दिनेशखबरमा प्रकासित 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •