निरुत्तरः लघुकथा


[ss_social_share]
लेखक : लेखापढी      ५ जेष्ठ २०७८, बुधबार ०८:५७ मा प्रकाशित     
निरुत्तरः लघुकथा

यो गरिबलाई केहि सहयोग गर्नुस् पुरानो कपडा, प्लास्टिक र खानेकुरा भए दिनुस् हजुर । घरको बरन्डामा आएर एउटा मैलो बोरा बोकेको झुत्रो मान्छे ठिङ्ग उभियो । म हत्तपत्त मास्क लगाएर बाहिर निस्किएँ ।

“हामी महामारीको रोग लागेर मरिन्छ कि भन्ने डरले घरभित्र लुकेर बसेका छौँ । तिमी चाहिँ निस्फिक्री मास्क पनि नलगाई घुमिरहेछौ । तिमिलाई लाई कोरोना देखी डर लाग्दैन ? अलिक कडा स्वरमा म झोक्किएँ ।

मेरो त्रासदी पूर्ण कडा प्रश्नले उ झस्कियो कस्तो कोरोना ! के हो कोरोना भनेको हजुर ? उसको अनभिज्ञता देखेर म झन् अचम्मित भएँ !

“अहिले सारा विश्वमा महामारी फैलिरहेको छ मान्छेहरू कति मरिरहेछन् थाहा छैन तिमिलाई ? हाहाकार छ चारैतिर ।
मैले उसलाई विश्व परिवेशको बारेमा बुझाउने कोसिस गरेँ ।

“खै हजुर पत्रपत्रिका पढ्न आउँदैन हातमा अहिलेसम्म एउटा मोबाइल परेको छैन । त्यहीँ खोला किनारमा प्लास्टिकले बेरेको झोपडीमा जिन्दगी चलिरहेको छ । लाला बालाहरू छन् भोकले कराई रहन्छन् । थोत्रा सामान बटुलेर बिक्री गरेको पैसाले परिवार पाल्छु हजुर । हामीलाई रोग सँग त्यति डर लाग्दैन भोकले चाहिँ मरिन्छ कि भन्ने डर लाग्छ हजुर” ।
” दुई सन्तान खान नपाएर कुपोषणले नै मरे दुई सन्तान बाँकी छन् केहि खानेकुरा भए दिनुस् हजुर । उसको दयनीय पूर्ण अनुनय र लामो उत्तरले म निरुत्तर भएँ ।


किशन पाैडेल
हेटौंडा 

100% LikesVS
0% Dislikes
Spread the love !
  • 355
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    355
    Shares