हे सरकार !! (गजल)


[ss_social_share]
लेखक : लेखापढी      ५ जेष्ठ २०७८, बुधबार ०९:३७ मा प्रकाशित     
हे सरकार !! (गजल)

हे सरकार तिमी अब देश चलाउन सक्दैनौ
लाशले भरिएको मातृभुमी जलाउन सक्दैनौ
हे सरकार तिमी अब देश चलाउन सक्दैनौ

आज खाने के भोली खाने के छटपट्टिएका छन
ति निमुखाहरुको अँगेना तिमी बलाउन सक्दैनौ
हे सरकार तिमी अब देश चलाउन सक्दैनौ

भष्ट्रचार व्याप्त भएको छ देश रोइरहेको वेला
जकडिएको यो जन्जालोलाई ढलाउन सक्दैनौ
हे सरकार तिमी अब देश चलाउन सक्दैनौ

हस्पिटल सैय्याबाट बोल्दैछु म आधा सास फेर्दै
एक अक्सिजन सिलिन्डर तिमी दिलाउन सक्दैनौ

हे सरकार तिमी अब देश चलाउन सक्दैनौ


दलिप कुमार मल्ल 
काठमाडौँ 

80% LikesVS
20% Dislikes
Spread the love !
  • 246
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    246
    Shares