प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति आपत्ति


[ss_social_share]
लेखक : लेखापढी      ५ जेष्ठ २०७८, बुधबार २२:५२ मा प्रकाशित     
प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति आपत्ति

काठमाडौं । वैशाख ५
प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निवार्चन  आचारसंहिता उल्लंघन गरेको भनेर आलोचना भएको छ ।

राष्ट्रिय सभा निर्वाचनको मौन अवधिमा एमाले उम्मेदवार रामबहादुर थापा बादलको पक्षमा मत मागेको भनेर प्रधानमन्त्री ओली आचार सहिंता उल्लंघन भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षले आपत्ति जनाएको छ ।

नेकपा (माओावदी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका तर्फबाट स्वकीय सचिव जोखबहादुर महराले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका सन्दर्भमा प्रधानमन्त्री ओलीको अभिव्यक्ति आपत्तिजनक रहेको र मौन अवधिमा मत माग्ने कामले निर्वाचन आचारसंहिता प्रभावित हुने भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गरेका छन ।

यसै गरी वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । प्रधानमन्त्री ओलीको अपिलमा प्रयोग भएका शब्दप्रति माधव समूहले आपत्ति जनाएको छ । पार्टीको विवाद समाधानका लागि कार्यदल गठन भएको बेला यस किसिमका अभिव्यक्तिले एकता कायम गर्न नसकिने भन्दै आपत्ति व्यक्त गरेको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •