गण्डकी प्रदेशमा मन्त्रीमण्डल पुर्नगठन


[ss_social_share]
लेखक : लेखापढी      ५ जेष्ठ २०७८, बुधबार २२:१६ मा प्रकाशित     
गण्डकी प्रदेशमा मन्त्रीमण्डल पुर्नगठन

काठमाडौं । वैशाख ५
गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रीमण्डल विस्तार गरेका छन् । आज विस्तारित मन्त्रीमण्डलमा पुरानै अनुहार दोहरिएका छन् ।

पुर्ननियुक्त भएका मन्त्रीमा किरण गुरुङले आर्थिक मामिला, भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् । रामशरण बस्नेतले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था र ऊर्जा जलस्रोत तथा खानेपानी कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । नरदेवी पुनमगरले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, विकास लम्सालले पर्यटन, उद्योग, वाणिज्य आपूर्ति, वन वातावण तथा भू–संरक्षण मन्त्रालय पाएका छन् ।

युवा तथा खेलकुद मन्त्रीमा राजीव गुरुङ (दीपक मनाङे) दोहोरिएका छन् ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •