दिगो कृषि अबको नितान्त आवश्यकता किन? अझै बुज्ने समय भएन र ?


लेखक : लेखापढी      ४ जेष्ठ २०७८, मंगलवार ०९:१२ मा प्रकाशित     
दिगो कृषि अबको नितान्त आवश्यकता किन? अझै बुज्ने समय भएन र ?

हामी सबैलाई थाहा भएकै कुरा हो, समय परिबर्तनशील छ र समयको गतिसँगै आउने हरेक परिवर्तनले सकारात्मक तथा नकारात्मक दुवै पक्षहरु बोकेको हुन्छन् । कृषि क्षेत्रकै उदाहरण लिउँ, ढुङ्गे युगदेखि आजको शताब्दीसम्म आईपुग्दा कृषि क्षेत्रमा आएका हरेक परिवर्तन र परिणाम यसका ज्वलन्त उदाहरण हुन् । एक समय प्रकृतिमै अत्याधिक रमेको र जमेको कृषि प्रविधिले समयको गति सँगै कोल्टे फेरेको छ, आधुनिकता तर्फ द्रुत गतिमा अघि लम्किरहेको छ । पक्कै पनि यो मोडले कृषि क्षेत्रमा कायापलट नै गरेको थियो ।

यसपश्चात फेरी “प्रकृति तर्फ फर्किउ” (Back to nature), दिगो कृषिका विभिन्न अवधाणाहरु पनि अघि सरेका छन् तर अझै अधिकांश किसानहरु माझ विस्तार हुन नसक्नुमा किन रह्यो कमजोरी ? के दिगो कृषिको अपरिहायता हामीले नबुझेकै हो त ?— विशेषतः नेपालको सन्दर्भ ।

“हरितक्रान्ति” जसको सुरुवातले गरिबी, भयङ्कर खाद्दान्न संकट, कुपोषण जस्ता विकराल समस्या समाधान गर्न अहम भूमिका निर्वाह गर्यो । बढ्दो जनसंख्याको चर्को खाधान्न माग परिपूर्तिका लागी कृषि क्षेत्रमा एक नयाँ प्रविधि भित्र्यायो तर अबसोच त्यसपश्चात विश्वभरिमा बाली उत्पादनमा कृषि तयारी देखि खाद्दवस्तु ग्राहक सम्म पुर्याउँदाका विभिन्न चरणहरुमा आधुनिक प्रविधिहरु, धेरै उत्पादन दिने हाइब्रिड जातहरु, विभिन्न किसिमका रासायनिक मलहरु, बाली संरक्षणका लागी भन्दै किटनासक विषादीहरुको प्रयोग यति अन्धाधुन्ध अनि असंयमित रुपले अघि बढ्यो की— “हामी भोलीको परिणाम बिर्सेर परिमाण नाप्नतर्फ मात्रै लाग्यौँ, वर्तमान मात्रै देख्यौ भविष्य बिर्स्यौ, “बिर्स्यौ यो पृथ्वी हामी सबैको साझा अनि एकमात्र सुन्दर घर हो”, फलश्वरुप अन्तत हामी अहिलेसम्म त्यसका नकारात्मक असरहरुको सिकार भै रहेका छौ र अझै यहि चक्र चलिरहे भोलीका हाम्रा सन्ततिको अस्तित्व नै धरापमा छ भन्न कुनै गाह्रो छैन ।

माटो, वातावरण र मानव स्वास्थ्यमा पर्न गएका यि भयानक असरहरु के हामी अझै भोग्न चाहन्छौँ ? के अझै बुझ्न जरुरी छैन ?

क्षणिक उत्पादन वृद्विले समृद्वि ल्याएतापनि, पर्यावरण भने दिनदिनै खोक्रो हुँदै गैरहेको छ । यसले यस पर्यावरणका हरेक वस्तु, तत्व, पक्षलाई चुनौति दिदै गईरहेको छ। हामी सबैले अहिले सुन्ने गरेका नकारात्मक र निरासाजनक शब्दहरु — प्रदुषण, जलवायु परिवर्तन, भूमण्डलीय उष्मीकरण, हरितगृह प्रभाव, माटोको उर्वराशक्तिमा ह्रास, मरभूमिकरण, भयङ्कर मानव स्वास्थ्य समस्या, प्राकृतिक स्रोत, सम्पदा ह्रास, जैविक विविधता ह्रास, आनुवंशिक ह्रास ( जेनेटिक इरोजन ), रैथाने प्रजातिका जीवजन्तु तथा बनस्पतिको लोप, परम्परागत ज्ञान, सिपको लोप, रोगकिराको अत्याधिक प्रकोप, उत्पादनमा ह्रास, जनसंख्या वृद्वि सँगैको खाध संकट, खाध असुरक्षा, कुपोषण यतिमात्र नभई ऋण तिर्न नसकि किसानको आत्महत्याका दर्दनाक खबरहरु यि सबै त्यसकै दुस्परिणामहरु हुन्— यिनै दुस्परिणामको भारले आज सिङ्गो जगत नै थिचिएको छ । गहिरिएर सोच्नुस त को जिम्मेवार छ त यसका लागी ? माटो, वातावरण र मानव स्वास्थ्यमा पर्न गएका यि भयानक असरहरु के हामी अझै भोग्न चाहन्छौँ ? के अझै बुझ्न जरुरी छैन ? अब त प्रत्येक मानिसले बुझ्नै पर्छ, जिम्मेवार हुनैपर्दछ आफ्नो कुकर्मको निराकरणको उपायतर्फ अग्रसर हुन । एकमात्र विकल्पका रुपमा रहेको दिगो कृषिको अवधारणा अबलम्बन आजैबाट गर्नुपर्छ ।
“दिगो कृषि प्रणाली— एक उत्तम विकल्प, सधैँ र सबैका लागी” भन्ने शाब्दिक अर्थको भाव हामीले बुझ्ने पर्ने महत्त्वपुर्ण समयमा हामी रहेका छौ ।

दिगोको शाब्दिक अर्थ हो — लामो समयसम्म टिकाउ । तसर्थ दिगो कृषि प्रणाली कृषि प्रणालीलाई वातावरण मैत्री, आर्थिक रुपले सबल, सामाजिक रुपमा न्यायिक बनाउने उद्देश्यले विकास गरिएको सबैका लागी अत्यन्त हितकारी प्रणली हो । यसमा प्रयोग गरिने विभिन्न प्रविधिहरु जस्तै: जगगाको उपयुक्त तयारी, बाली चक्र, बाली विविधता, बहु बाली, संरक्षक बाली, दलहन प्रजातिका बाली समावेश, स्थानीय स्तरमा सुहाउँदा रैथाने प्रजातिको प्रयोग, उपेक्षित बालीहरुको खेती एकीकृत पोषण व्यवस्थापन प्रविधि, एकीकृत बाली संरक्षण प्रविधि, एकीकृत झार व्यवस्थापन, जलस्रोत व्यवस्थापन, परम्परागत ज्ञान, सीपको प्रयोग जस्ता कुराहरुले माटो, वातावरण अनि मानव स्वास्थ्यमा पर्ने विभिन्न नकारात्मक प्रभाव न्युनीकरणमा विशेष भूमिका खेल्दछन् । यतिमात्र नभई यसले यस जगतमा रहेका सम्पूर्ण सजिव तथा निर्जिव वस्तुहरुबिच एक स्वच्छ परस्पर सम्बन्ध छ, जसको उपयुक्त सन्तुलन र नियमित चक्रले ले मात्रै यहाँ रहेका हरेक वस्तुको अस्तित्व कायम रहेको छ।

पृथ्वी सबैको एकमात्र साझा घर हो, आज हामी त भोली हाम्रा सन्तति सबैका लागी बाँच्ने एक मात्र आधार हो तसर्थ आज सम्म हाम्रा लागि प्रयोग भएको  माटो, वातावरण, प्राकृतिक स्रोत, सम्पदाले नै अन्तः भाबि सन्ततिको समेत अस्तित्व निर्धारण गर्दछन।

तसर्थ पर्यावरणमा निहित हर एक वस्तुको अस्तित्व संरक्षणका लागी, सिस्टमलाई सधैँका लागी सन्तुलित तथा नियमित राखिरहनका लागी हामीले गर्ने कुनै पनि किसिमका गतिविधिले कुनै तत्व ९अयmउयलभलत० लाई क्षति नपुग्ने गरी कृषि कर्म गर्नुपर्छ भन्ने अवधारणालाई अघि सारेको छ । पृथ्वी सबैको एकमात्र साझा घर हो, आज हामी त भोली हाम्रा सन्तति सबैका लागी बाँच्ने एक मात्र आधार हो तसर्थ आज सम्म हाम्रा लागि प्रयोग भएको  माटो, वातावरण, प्राकृतिक स्रोत, सम्पदाले नै अन्तः भाबि सन्ततिको समेत अस्तित्व निर्धारण गर्दछन।, त्यस्ता अपरिहार्य कुराहरुमा कुनै पनि किसिमको नकारात्मक प्रभाव नपारी भावी सन्ततिका लागी समेत संरक्षण गर्ने किसिमका खेति प्रविधिहरु समेट्छ । यसले हाल कृषि प्रणालीमा प्रयोग भईरहेका हरेक आधुनिक प्रविधि, ज्ञान, सिप, स्रोत साधन जसले नेपाल जस्तो कृषि प्रधान देश, जहाँ देशको अर्थतन्त्रको मुख्य आधार कृषि हो, जहाँ अधिकांश जनता कृषि पेशाामा संलग्न छन् तर गरिब छन्, बाह्य स्रोत साधनका लागी लगानी गर्न सक्दैनन् । यहाँको यस परनिर्भरतामुखी कृषि प्रणलीलाई नर्कादै कृषि प्रणलीलाई किसानमैत्री, आर्थिक रुपले सबल र आत्मनिर्भर बनाउन सकुनुपर्दछ ।

विश्वमा उच्च जनसंख्या वृद्धि, बढ्दो अव्यवस्थित सहरीकरण जस्ता कुराले भोलीका दिनमा निम्त्याउने खाध संकट, खाध असुरक्षा, कुपोषण, वातावरणमा नकारात्मक प्रभाव जस्ता विकराल समस्या समाधानको एक मात्र विकल्प हो दिगो कृषि ।

प्राकृतिक स्रोत साधनमा सम्पन्न देश, जैविक विविधतामा धनि देश, परम्परागत ज्ञान, सीपको भण्डार, बाली तथा जनावरका कयौ  रैथाने जातहरु बोकेको भनिएको देशमा आधुनिक कृषिले यि कुराहरुमा ह्रास ल्याएको परिस्थितिमा समेत दिगो कृषि अबलम्बन गर्न सके पुनः पर्यावरणका यि सम्पूर्ण अमूल्य सम्पत्ति पुर्नस्थापना, संरक्षण, सम्ब्रर्दन, विकास र उपयोगमा अहम भूमिका निर्वाह गर्छ । विश्वमा उच्च जनसंख्या वृद्धि, बढ्दो अव्यवस्थित सहरीकरण जस्ता कुराले भोलीका दिनमा निम्त्याउने खाध संकट, खाध असुरक्षा, कुपोषण, वातावरणमा नकारात्मक प्रभाव जस्ता विकराल समस्या समाधानको एक मात्र विकल्प हो दिगो कृषि । अनुचित कृषि प्रविधिले हालसम्म माटो, प्राकृतिक वातावरण र मानव स्वास्थ्यमा निम्त्याएका सम्पूर्ण नकारात्मक प्रभाव न्युनीकरणको एक मात्र उपाय हो दिगो कृषि, जसले साँच्चै नै कृषि प्रणालीलाई दिगो बनाई यस क्षेत्रमा सकारात्मक आयाम ल्याउने छ, मानव मात्र नभई सम्पूर्ण जीवितहरुको जीवनको गुणस्तर अभिवृद्वि र हरेक राष्ट्रमा दिगो समृद्वि ल्याउनेछ । तसर्थ दिगो कृषि आज सबैका लागी नितान्त आवश्यक छ ।

एकपल्ट सबैले आफैलाई सोधि हेर्नुस त, कृपया मनन गर्नुस यी शब्दहरु: 
  • के यो सिङ्गो जगतमा ‘म’ मात्रै रहे पुग्छ ?
  • के यो सिङ्गो जगत ‘म’ को मात्रै हो ?
  • यहाँ ‘म’ सँगै परस्पर जोडिएका त अनगिन्ति वस्तु, तत्व र पक्षहरु छन्, तर के ‘म’ ले गरेका हरेक गतिविधिका परिणामले अन्यलाई कुनै किसिमको प्रभाव पार्दैन ?
  • ‘म’ लाई ‘म’ रहिरहन सहयोग गर्ने म को पनि त कोही पोषक, अस्तित्व संरक्षक अवश्य छ ?
  • तसर्थ के आफ्नो अस्तित्व संरक्षकलाई संरक्षण गर्नु ‘म’ को कर्तव्य भित्र पर्दैन् ?

कहिले बुझिदिन्छन् यि सबै कुरा आधुनिकताकता अनि क्षणिक समृद्विको मोहतर्फ आर्कषित हरेक ‘म’ ले ?
अब त हरेक ‘म’ ले महसुस गर्नुस, म पछि मेरा सन्तति पनि छन् । दिनानुदिन म बाट हामी, हामीहरु बन्दै गईरहेका छौँ । तर के म बाट हामीहरु बन्दा हरेक हामीका लागी पृथ्वी— पृथ्वीहरु, प्रकृति— प्रकृतिहरु, वातावरण—वातावरणहरु, जमिन— जमिनहरु, पानी— पानीहरु, हावा— हावाहरु, उर्जा—उर्जाहरु एकबाट अनेक मात्र नभई हरेकका लागी पहिले जस्तै स्वच्छ र प्रसस्त भईदिने छन् त ?

के सबैकी साझा आमा पृथ्वीलाई तिमी ‘म’ हुँदा जस्तै हामीका लागी बचाईदिएकै छौ त ?

जुन आमा तिमी ‘म’ लाई जति र जुन रुपमा आवश्यक छिन्, हामी हामीहरुलाई पनि त्यहि रुपमा त्यति नै आवश्यक छिन् । तसर्थ “आमाको स्वरुप फेर तर संरचना नै बिथोल्ने तरिकाले होइन ”— म तिमीले जब संरचनाको एउटा ईटा भत्काउने छौ, बुझ तिमीले तिमी, तिम्रा भावी सन्तति अनि यि सँगै जोडिएका हरेक एक वस्तु, तत्व, पक्ष, चक्र, सिस्टम सबैको अस्तित्व दोब्बरले भत्काउँदैछौ र जुन दिन आमालाई बिर्सेर संरचना भत्काउनेछौ— नर्बिस तिमी पनि त्यहीँ विलिन हुने छौ, यो दुश्परिणामको एक मात्र कारण हौ तिमी !
हरेक ‘म’ तिमी नै तिम्रा लागी जिम्मेवार छौ । 


लक्ष्मी शाह 
धनगढी


(शाह, Institute of Agriculture and Animal Science, paklihawa, Rupandehi मा  BSc.Agriculture, 7th semester मा अध्ययनरत हुनुहुन्छ । उहाँ आधुनिक कृषि प्रणालीलाई नेपालको परिबेसमा कसरि दिगो एबं सहज तबरले अघि बढाउने भन्ने बिषयमा गहिरो अध्ययन, अनुसन्धानमा समेत लाग्नुभएको छ )


यहाँहरुले आफ्ना लेख-रचना हामीलाई पठाउन सक्नुहुन्छ ।
इमेल गर्नुस: lekhapadhimedia@gmail.com 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!