मकवानपुरमा एक क्विन्टल गाँजा सहित तीनजना पक्राउ


[ss_social_share]
लेखक : लेखापढी      ४ जेष्ठ २०७८, मंगलवार १३:१५ मा प्रकाशित     
मकवानपुरमा एक क्विन्टल गाँजा सहित तीनजना पक्राउ

काठमाडौं । मकवानपुरमा एक क्विन्टल गाँजासहित तीनजना पक्राउ परेका छन् । उक्त गाजा ट्रकमा लैजादै गर्दा पक्राउ गरिएको हो । हेटौंडा उपमहानगरपालिका–१ स्थित सडकबाट ना.२ ख ९८६२ नम्बरको ट्रकमा लैजाँदै गरको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–५ बस्ने ४९ वर्षीय आइते बहादुर ठाडामगर, मकवानपुर भिमफेदी गाउँपालिका–९ बस्ने ४१ वर्षीय ऐक्ला भन्ने राज कुमार तामाङ र कैलाश गाउँपालिका–१० बस्ने ३६ वर्षीय सविन भन्ने सुबिन रुम्बा छन् ।

नामटारबाट हेटौंडातर्फ जाँदै गरेको उक्त ट्रकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्रकको हुटमा फल्स बटम बनाई १७ वटा पोकामा लुकाई ल्याएको उक्त गाँजासहित फेला पारी ट्रक र चालक मगरलाई पक्राउ गरेको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा गाँजा ओसार पसारमा संलग्न राज कुमार र सुबिनलाईसमेत भिमफेदी नगरपालिका–१ बाट पक्राउ गरेको हो ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •