एमाले कार्यदलको बैठक ३ बजे सिंहदरबारमा बस्दै


एमाले कार्यदलको बैठक ३ बजे सिंहदरबारमा बस्दै

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र ब्याप्त विवाद रहेको छ । उक्त  विवाद मिलाउन गठित कार्यदलको पहिलो बैठक आज मंगलबार बस्ने भएको छ । कार्यदलको औपचारिक पहिलो बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने तय भएको छ ।  

कार्यदल सदश्य रघुजी पन्तका अनुसार- ‘कार्यदलको बैठक तीन बजे सिंहदरबारमा बस्ने कुरा भएको छ’।  यसअघि कार्यदल सदस्य शंकर पोखरेल उपत्यका बाहिर र भिम रावलको आँखामा समस्या आएकाले मंगलबार बैठक बस्ने नबस्ने अनिश्चित रहेको थियो ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत आइतबार भएको छलफलले दुवै तर्फका पाँच–पाँच गरी १० सदस्यीय कार्यदल बनाउने सहमति भएको थियो । कार्यदलमा सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् । आज बस्ने बैठकले पार्टी भित्र रहेको मतभेदलाई न्यूनीकरण गर्न सहज वाताबरण बनाउने देखिन्छ ।