नेपालमा रोकिएका भारतीयको उद्धार गरि साउदी अरब लगिदै


लेखक : लेखापढी      ४ जेष्ठ २०७८, मंगलवार १२:५५ मा प्रकाशित     
नेपालमा रोकिएका भारतीयको उद्धार गरि साउदी अरब लगिदै

काठमाडौं । काठमाडौं आएका भारतीय नागरिकको आजदेखि उद्धार हुँदैछ । निषेधआज्ञा अघि साउदी जान नेपाल आएका भारतीयहरु नेपाल मै रियेनु परेको थियो । सरकारले भारतीय नागरिकलाई साउदी अरब लैजान १० वटा चार्टर्ड उडानको अनुमति दिएपछि आजदेखि उनीहरु साउदी जाँदै छन् ।

उनीहरुलाई साउदी अरबको दमाम र रियाद लैजान नेपाल एयरलाइन्सलाई ७ र हिमालय एयरलाइन्सलाई ३ वटा चार्टर्ड उडानको अनुमति दिएको छ । सरकारको सोही निर्णय अनुसार नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले साउदी उडान गर्दैछन् । हिमालय एयरलाइन्सले आजै तीनै वटा उडान गरी भारतीय नागरिकलाई दमाम लैजाने छ । 

नेपाल वायुसेवा निगमले भने आजदेखि २२ गतेसम्म ५ दिनमा ७ वटा उडान गरेर दमाम र रियाद उडान गर्नेछ । निगमले रियाद ५ र दमाम २ उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

नेपालस्थित भारतीय दूतावासको सिफारिस पाएका भारतीय मात्रै यी चार्टर्ड उडानबाट साउदी अरब जान पाउनेछन् ।

भारतमा कोरोनाको दोस्रो लहरले ब्यापकता लिएपछि साउदी अरबले भारतीय नागरिकलाई साउदी जान दिएको थिएन । निषेधाज्ञासँगै आन्तरिक तथा बाह्य उडानमा रोक लागेपछि उनीहरु काठमाडौंमै अलपत्र परेका थिए ।  साउदी उडान भइरहेको समयमा भारतीय नागरिक नेपाल आएर साउदी गएका थिए । 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!