इजरायलले गाजामा निरन्तर आक्रमण जारि, अहिलेसम्म २०७ जनाको मृत्यु


[ss_social_share]
लेखक : लेखापढी      ३ जेष्ठ २०७८, सोमबार १४:३१ मा प्रकाशित     
इजरायलले गाजामा निरन्तर आक्रमण जारि, अहिलेसम्म २०७ जनाको मृत्यु

एजेन्सी- इजरायलको हवाई आक्रमणका कारण सोमवार गाजा स्ट्रिपमा आक्रमण जारी राखेको छ । 

एक हप्तादेखिको संघर्षमा २०७ जनाको ज्यान गइसकेको छ । 

आइतवार रातिदेखि सोमवार बिहानसम्मको आक्रमणमा इजरायलले इस्लामिक समूह हमासको नियन्त्रणमा रहेको गाजास्थित प्यालेस्टाइनी बस्तीमा आक्रमण गरिरह्यो । क्षेप्यास्त्रहरू विस्फोट हुँदा गाजा शहरको आकाश राति पनि उज्यालो भएको थियो । 

आक्रमणका कारण शहरभरि बत्ती गयो र सयौं भवनहरू क्षतिग्रस्त भए, अधिकारीहरूले बताए । 

आफूहरूले हमासका नौजना शीर्ष कमान्डरहरूको घरमा आक्रमण गरेको इजरायली सेनाले बयानमार्फत जानकारी दिएको छ तर हताहतीको विस्तृत विवरण दिएको छैन । 
हमासको भूमिगत सुरुङ सञ्जाल अर्थात् मेट्रोलाई पनि बम विस्फोटमार्फत ध्वस्त पारेको इजरायली सेनाको कथन छ ।

नौ माइल क्षेत्रमा फैलिएका सुरुङमा ५४ वटा लडाकू विमानहरूले आक्रमण गरेको बताइएको छ । उक्त सुरुङ सर्वसाधारण बस्ने क्षेत्र भएर पनि जाने उसले स्वीकार गरेको छ । 

अहिलेसम्म गाजामा १९७ जना प्यालेस्टाइनीहरू मारिएका छन् जसमा कम्तीमा ५८ जना बालबालिका छन् । अनि १२ सयभन्दा बढी घाइते भएका छन् । 
हमासको रकेट आक्रमणका कारण इजरायलमा एक बालकसहित कम्तीमा १० जना मारिएका छन् र २९४ जना घाइते भएका छन् । 
 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •