आज मदन–आश्रित स्मति दिवस


[ss_social_share]
लेखक : लेखापढी      ३ जेष्ठ २०७८, सोमबार ०९:२८ मा प्रकाशित     
आज मदन–आश्रित स्मति दिवस

काठमाडौं । जेठ ३
आज देशभर मदन–आश्रित स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम हुँदैछन् । आजैका दिन तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी एवम् संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा रहस्यमय किसिमले मृत्यु भएको थियो ।

मदन–आश्रितको हत्या भएको भनेर तत्कालीन नेकपा (एमाले) ले आन्दोलन गरेको थियो । आन्दोलनपछि विभिन्न आयोग बनेपनि हत्याको बारेमा केही पत्ता लाउन सकेनन् । मदन–आश्रित चढेको जीपका चालक अमर लामालाई हिरासतमा राखिएको थियो । वि.स. २०५८ सालमा  कीर्तिपुरमा अमर लामाको हत्या भएको थियो ।

आज २८ वर्ष पुग्दासम्म पनि मदन–आश्रितको हत्याको रहस्य पत्ता लागेको छैन । आज कोरोना महामारीबाट बच्न स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै एमाले मुख्यालय बल्खुमा गरिने श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी बन्दै हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले बुल्खुस्थित पार्टी मुख्यालय पुगेर त्यहाँ रहेको मदन–आश्रित शालिकमाथि माल्यापर्ण गर्ने कार्यक्रम रहेको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •