पछिल्लो २४ घण्टामा ९,१९८ मा काेराेना संक्रमण, ५,७६७ कोरोनामुक्त, २१४ को मृत्यु


लेखक : लेखापढी      ३ जेष्ठ २०७८, सोमबार १७:५२ मा प्रकाशित     
पछिल्लो २४ घण्टामा ९,१९८ मा काेराेना संक्रमण, ५,७६७ कोरोनामुक्त, २१४ को मृत्यु

पछिल्लो २४ घण्टामा २२ हजार ८७ नमुना परीक्षणमा ९ हजार २४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ५ हजार ७६७ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । 

पछिल्लो २४ घण्ठामा २१ हजार ६५३ पीसीआर परीक्षणमा ९ हजार १९८ जना र ४३४ एन्टिजेन परीक्षणमा ४९ जना गरी ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!