कर्णाली प्रदेशमा दुई मन्त्री थप, एक हटाइए


लेखक : लेखापढी      ३ जेष्ठ २०७८, सोमबार १०:५३ मा प्रकाशित     
कर्णाली प्रदेशमा दुई मन्त्री थप, एक हटाइए

सुर्खेत । जेठ ३
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुधवार नियुक्त गरेका तीन मन्त्री मध्ये दुईलाई मन्त्रीपरिषदमा स्थान दिएका छन् भने एक जनालाई सपथ नलिँदै विदा दिएका छन् ।

मुख्यमन्त्री शाहीले नेकपा (माओवादी केन्द्र) का सचेतक सीता नेपालीलाई आन्तरिक मामिला तथा कानुन तथा युवा तथा खेलकुद एवम् गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका छन् । यसरी नै बुधवार नाम घोषणा भए पनि बिन्दमान बिष्टलाई मन्त्री बनाइएको छैन ।

कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका भागबन्डा भए अनुसार अब नेपाली कांग्रेसले सामाजिक विकास र उर्जा तथा जलश्रोत मन्त्रालय पाउने देखिन्छ ।

नयाँ दुई मन्त्रीको आज दिउँसो १ बजे सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!