एमाले विवाद समाधानका लागि वार्ता टोली गठन


एमाले विवाद समाधानका लागि वार्ता टोली गठन

काठमाडौं । जेठ २
नेकपा (एमाले) भित्र जारी समस्या समाधानका लागि दस सदस्यीय वार्ता टोली गठन भएको छ । प्रधानमन्त्री ओली पक्षको तर्फबाट वार्ता टोलीमा सुभाष नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । त्यस्तै माधव नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।

यस वार्ता टोलीलाई तीन दिनको समय दिइएको छ । तीन दिनमा यस टोलीले सहमतिका आधार तयार गरेपछि मात्र अन्य छलफल अघि बढ्नेछ ।

माधव नेपाल समूहले २०७५ जेठ २ कै मिलनबिन्दुमा केन्द्रित भएर सहमति गर्न आफू पक्षको वार्ता टोलीलाई निर्देशन दिएको छ । प्रधानमन्त्री ओली पक्ष यथास्थितिमै आफूले भनेको मान्नुपर्ने हिसाबले प्रस्तुत भएको छ ।