वरिष्ठ समालोचक राजेन्द्र सुवेदीको निधन


लेखक : लेखापढी      ३ जेष्ठ २०७८, सोमबार १०:०७ मा प्रकाशित     
वरिष्ठ समालोचक राजेन्द्र सुवेदीको निधन

काठमाडौ. । जेठ ३
वरिष्ठ समालोचक राजेन्द सुवेदीको कोरोनाका कारण आज जेठ ३ गते बिहान ५ बजे निधन भएको छ । सुवेदी ७६ वर्षको हुनुहुन्थ्यो । उहाँको केही दिन अघि गङ्गालाल ह्दयरोग केन्द्रमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने त्यसभन्दा अघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो ।

वि.स. २००२ साउन १९ गत, पाँचथरमा जन्मनुभएका सुवेदीका नेपाली समालोचना, निबन्ध एवम् कविताका तीन दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

राजेन्द्र सुवेदीले महेन्द्ररत्न क्याम्पस इलामको क्याम्पस प्रमुख, त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका प्रमुख, गोरखापत्र संस्थानका अध्यक्ष एवम् महाप्रबन्धक भएर कार्य गर्नुभएको थियो । उहाँको निधनले राष्ट्रले एक विशिष्ट विद्वान गुमाएको छ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!