चिलीमा नयाँ संविधान बन्ने, वामपन्थी विजयी: पिनोसेयुगको अन्त्य


लेखक : लेखापढी      ३ जेष्ठ २०७८, सोमबार १५:५३ मा प्रकाशित     
चिलीमा नयाँ संविधान बन्ने, वामपन्थी विजयी: पिनोसेयुगको अन्त्य

दक्षिण अमेरिकी मुलुक चिलीमा नयाँ संविधान बनाउनका लागि गठन गरिने कन्स्टिच्युसनल कन्भेन्सनका १५५ जना प्रतिनिधिका लागि भएको निर्वाचनमा वामपन्थीहरू विजयी भएका छन् । 

विशुद्ध वामपन्थी, मध्यमार्गी वामपन्थी र स्वतन्त्रहरूले दुई तिहाइभन्दा बढी सीट जितेका छन् । मध्यमार्गी दक्षिणपन्थी सरकारको पराजय भएको छ । 

सन् १९८० को दशकमा निरंकुश शासक अगस्टो पिनोसेले अमेरिकाको सहयोगमा लेखेको घोर पुँजीवादी संविधान अब बदर गरेर नयाँ संविधान लेखिने भएको छ । 

चिलीको इतिहासमा पहिलोपटक ब्यालट बक्सहरू सीलबन्दी गरिएका थिए र मतदान केन्द्रमा राखिएका थिए । देशभरिका २७ सय मतदान केन्द्रमा निर्वाचन अधिकारीहरूले पहरा दिएका थिए । रक्षा मन्त्रालयले तिनको सुरक्षाका लागि २३ हजार सैनिक तैनाथ गरेको थियो । 
 

कन्स्टिच्युसनल कन्भेन्सनका लागि छानिएका प्रतिनिधिलाई संविधानको मस्यौदाका लागि नौ महिनाको समय दिइनेछ र त्यसमा तीन महिना थप्न पनि सकिनेछ । त्यसपछि त्यसलाई जनमतसंग्रहका लागि प्रस्तुत गरिनेछ ।

जनमतसंग्रह मतदान प्रक्रिया द्वारा गरिने जनाएको छ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!