सरकार


लेखक : लेखापढी      २ जेष्ठ २०७८, आईतवार १६:४२ मा प्रकाशित     
सरकार

सरकार,
जहिल्यै पनि कुर्सिकै खेल खेल्छौ
त प्रम बन्ने कि म प्रम बन्ने भनेर च्यालेन्ज मात्र गर्छौ
चुच्चे नक्सा र रेल ल्याएको भनी फुर्ती लाउछौं
पानी जहाज र स्मार्ट सिटिको सपना देख्छौ
रोष्टम अगाडी जान्छौ,एक अर्कालाइ खुइल्याउछौ ।

हामी अक्सिजनको अभावले छ्ट्पटाएको देख्दैनौ
बेड नपाएर बरण्डामा सुतेर उपचार गराएको देख्दैनौ
तिम्रा ती गनाउने राजनिती देखेर वाक्क दिक्क भएको देख्दैनौ,
दिनानुदिन लासको चाङ आरेघाटमा जलेको देख्दैनौ
देख्छौ त बस् त्यो बालुवाटारको कुर्सी ।

सरकार,
तिम्रो हाम्रो सबैको मृत्यु नजिकिदै छ,
महामारी बढ्दै छ,
कसको दिन कहिले सकिन्छ अत्तो पत्तो छैन
यस्तो बेला पनि जनतालाई सताउदै छौ,
आफू आफू बाज्दै छौ,
कुर्सी तान्दै छौ छोड्देउ,
आज हो कि भोलि भएको बेला
छोड्देउ यो फोहोरी खेल खेल्न ।

बन्द गर, कुर्सिको तानातान गर्न
अक्सिजनको व्यवस्था गरिदेउ
नदेउ जनतालाई मर्न,
बेडको व्यवस्था गरिदेउ
नदेउ जनतालाइ अल्पायुमै चितामा जल्न
चाडो भन्दा चाडो खोप लगाइदेउ देउ
जनतालाई कोरोनाको त्रास बिना बाच्न ।


✍️ आयुष बडाल
धुलिखेल,काभ्रे
अध्ययन:काठमाडौ युनिभर्सिटी।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!